Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


जेनजी आन्दोलन अघि टोल-टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ति भयोः अध्यक्ष ओली

मुलुकको शान्ति र सुरक्षाका लागि पार्टीले युथ भोलिन्टियर फोर्स गठन गरेकाे दावी

325
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन भन्दा अगाडि टोल-टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ति भएको बताउनुभएको छ।

पार्टीले काठमाडौंमा साेमबार आयोजना गरेकाे ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा सभालाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। केही व्यक्तिले संसदमै बंगलादेश जस्तो बनाइदिने धम्की दिएपनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ति भएको उहाँले स्वीकार्नुभयो । उहाँले एमालेलाई महासागर जस्तो संगठन भएको दावी गर्दै एमालेलाई घर-घरका युवाले साथ दिएको जिकिर पनि गर्नुभएकाे छ। अध्यक्ष ओलीले एमालेका सबै युवा र नेताहरू सही विचार र संकल्पका साथ देश र जनहितमा काम गर्ने संगठनका सदस्य भएको पनि बताउनुभयो।

अध्यक्ष ओली जेनजी विद्रोहलाई केही अपराधिक समूह एवं व्यक्तिहरुले हाईज्याक गरेको पनि बताउनुभयो । मुलुकको शान्ति र सुरक्षाका लागि पार्टीले युथ भोलिन्टियर फोर्स गठन गर्ने कार्यको प्रारम्भ भएको समेत उहाँकाे भनाइ छ।