Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


एमालेले आगामी मंसिरमा विघटित संसदका आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यसँग छलफल गर्ने


364
Shares

काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभामा आफ्नो दलबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गर्ने भएको छ।

आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी ‘ससंदीय दल’को बैठक आह्वान गरिएको नेता महेश बर्तौलाले जानकारी दिनुभएकाे हाे। मुलुकमा विकसित राजनीतिक घटनाक्रमसहित लोकतान्त्रिक र संवैधानिक निकासका लागि परामर्श गर्ने उद्देश्यले बैठक आह्वान गरिएको उहाँकाे भनाइ छ।

एमालेले पछिल्लाे समय विघटित प्रतिनिधि सभा पुन: स्थापना गर्ने याेजनामा रहेकाे हाे। जसका लागि नेता तथा कार्यकर्तालाई सरकारले अनुमती नदिएता पनि सडक प्रदर्शनमा उत्रन समेत एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्देशन समेत दिनुभएकाे छ।