Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति नेकपाको आपत्ति


286
Shares

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय कार्य संयोजक समितिको बैठकले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने विषय गलत भएकाले यसको विपक्षमा उभिने निर्णय गरेको नेकपा नेता जगन्नाथ खतिवडाले जानकारी दिए।

विद्यार्थी संगठनहरूलाई क्याम्पसमा प्रतिबन्ध गर्ने र ट्रेड युनियनलाई प्रतिबन्ध कुराले विद्यार्थी र श्रमिकहरूको अधिकार कुण्ठित गरेको बैठकको निष्कर्ष रहेको उनले बताए।

नेता खतिवडाले केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा देशको समसामयिक परिस्थिति, सरकारको क्रियाकलाप, पार्टीको आगामी कार्ययोजना तथा सम्पूर्ण कमिटीहरूको समायोजनको विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए। केन्द्रीय कार्यसंयोजक समितिमा हालसम्म ४५ जना सदस्यहरूले धारणा राखेको र वैशाख तीन गते बग्नेगरी बैठक स्थगित गरिएको उनले बताए।

मुलुकको वर्तमान परिस्थितिका साथै पार्टीको आन्तरिक विषयमा निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने खतिवडाले उल्लेख गरे।