Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


विशेष महाधिवेशनको अहिले औचित्य छैन: नेता सिंह


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभउकाे छ।

काठमाडाैंमा साेमबार शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व.गणेशमान सिंहको १११ औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्नेमा उहाँकाे जाेड छ।

नेता सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागकाे बारेमा टिप्पणी गर्दै नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नभएकाे बताउनुभयाे। अहिलेको प्राथमिकता देशलाई संकटबाट पार लगाउने र जनताको विश्वास जित्ने उहाँकाे भनाइ छ।

उहाँले जेनजीका माग सम्बोधनका लागि पार्टीले आन्तरिक गृहकार्य गरिरहेको र नयाँ पुस्ताको विचार, ऊर्जा तथा आकांक्षालाई पार्टी संरचनामा समावेश गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता र स्थानीय बासीन्दाले गणेशमान सिंहको लोकतान्त्रिक योगदानको स्मरण गर्दै नेता सिंहले सालिकमा माल्यार्पण गर्नुभएकाे थियाे।