Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


सुनको भाउमा वृद्धि, चाँदीको मूल्यमा गिरावट


0
Shares

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेको छ । अघिल्लो दिन ३ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ३ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Skip This