Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


धादिङमा जिपकाे ठक्करबाट पैदलयात्रीकाे मृत्यु


91
Shares

काठमाडौं ।

धादिङको गल्छी गाउँपालिका–४ मास्टारमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौंबाट गजुरीतर्फ आउँदै गरेको बा.प्र. ०१–०२७ च.०३४० नम्बरको बोलेरोको ठक्करबाट सडक छेउमा हिँडिरहेका गल्छी–४ मास्टारका ७० वर्षीय यज्ञराज अधिकारीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । ठक्कर दिने बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।