Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


जेनजी आन्दोलनको नाममा देश जलाउनेले नै सरकार चलाइरहेकाे अध्यक्ष ओलीकाे आराेप

मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवा अघि बढ्नुपर्नेमा जाेड

299
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेनजी आन्दोलनको नाममा देश जलाउने काम गरेको आरोप लगाउनुभएको छ।

काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले जेनजी आन्दोलन सडकमा उफ्रिनेहरुले नै देश जलाउने काम गरेको जिकिर गर्नुभयाे । जलाउनेहरुले नै देश चलाउने तमासा देखाइरहेको उहाँको भनाइ छ। मुलुक असाधारण संकटमा रहेकाले त्यसलाई जोगाउन युवाहरु अघि बढ्नुपर्नेमा उहाँकाे जाेड थियाे।

अध्यक्ष ओलीले संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधि सभा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने निर्णय लिएको स्पष्ट पार्नुभएकाे छ।