Logo १७ चैत्र २०८२, मंगलबार | Wed Apr 1 2026


दक्षिणी ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु, १३० घाइते


208
Shares

एजेन्सी । दक्षिणी ब्राजिलमा आँधीका कारण ५ जनाको मृत्यु भएकाे छ।

देशका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीमा परी १ सय ३० जना घाइते भएको अधिकारीहरूले बताएका हुन् । आँधीको कारण पाराना राज्यको रियो बोनिटो डो इगुआकु नगरपालिकाको कार पल्टिएको तथा घरहरू क्षतिग्रस्त भएको स्थानीय मौसम सेवाले जनाएको छ।

आँधीका कारण पराना राज्यको विभिन्न स्थान पभावित भएको उल्लेख गर्दै सिभिल डिफेन्सले एक विज्ञप्ति जारी गरेको एएफपीले जनाएको हाे । आँधीका कारण ३० जना गम्भीर घाइते भएको र करिब सय जना सामान्य घाइते भएको स्थानीय उद्धार एजेन्सीले जनाएको छ ।

पारानाको वातावरणीय प्रविधि र अनुगमन प्रणाली अनुसार रियो बोनिटो डो इगुआकुमा हावा १८०-२५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो।