Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


अमेरिकामा आर्थिक संकटकाबीच देशैभरीका १ हजार हवाई उडान रद्द


1.9k
Shares

एजेन्सी । अमेरिकी संघीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक संकटबीच देशैभरीका एयरलाइन्सहरूले शुक्रबार करिब १ हजार उडान रद्द गरेका छन्।

यद्यपि अधिकांश तालिकाहरू सामान्य रहे पनि यात्रुहरू अझै पनि असहज अवस्थामा परेका हुन्। संघीय उड्डयन प्रशासन (एफएए) ले हवाई यातायात नियन्त्रकहरूमा अत्यधिक कार्यभार र तलब नपाएका कारण उत्पन्न तनाव कम गर्न व्यस्त विमानस्थलहरूमा सेवा घटाउने आदेश जारी गरेको छ। यसका कारण एटलान्टा, डलास, डेनभर र शार्लोटलगायत देशका प्रमुख विमानस्थलहरूमा लामो सुरक्षा लाइन -अन्तिम क्षणका उडान रद्दहरू देखिएका छन्।

एफएएको आदेश अनुसार हाल करिब ४ प्रतिशत उडानहरू कटौती गरिएका छन्। जसको दर आगामी हप्तामा १० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ। यातायातमन्त्री सिन डफीका अनुसार यदि सरकारी बन्द लामो समयसम्म रहेका छ। यो दर १५ देखि २० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना रहेकाे हाे।