Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग राष्ट्रिय सभा अध्यक्षको छलफल


169
Shares

काठमाडौं ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।

शुक्रवार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बैठक बसेको हो ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हासहित राजनीतिक दलहरुबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ, नेपाली काँग्रेसबाट आनन्दप्रसाद ढुंगाना, नेकपा एमालेबाट गोपालप्रसाद भट्टराई लगायतको उपस्थित रहेको छ ।

राष्ट्रिय सभा अध्यक्ष दाहालले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुको बैठक निरन्तर राखिरहनुभएको छ । साथै अधिवेशन आह्वानका लागि सरकार, राजनीतिक दलहरुसँग छलफल र संसद सुचारु गर्न पहलकदमी गर्दै आउनुभएको छ ।

राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रिय सभाका समितिका बैठकहरु निरन्तर चलाउने तयारि थाल्नु भएको छ । संघीय संसद प्रतिनिधि सभाको निर्वाचनमा सरकारलाइ सघाउन विभिन्न निर्देशन र अनुगमन गर्न र निरन्तर छलफल गर्नसके सहज र शान्तिपूर्ण वातावरण निर्माण हुनसक्ने संविधानविदहरुले बताउँदै आएका छन् ।

राष्ट्रिय सभामा दर्ता भएका र विचाराधीन विधेयकलाइ अगाडी बढाउन समितिहरुको बैठक निरन्तर चल्नुपर्ने हुन्छ । गत भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनसँगै संघीय संसदको अधिवेशन अन्त्य भएको थियो ।

आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी र तोडफोड भएपछि बैठक बस्नका लागि स्थानको समस्या छ । तर सिंहदरबारस्थित कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको हलमा बैठक राख्नेगरी संसद सचिवालयले तयारी समेत गरेको छ ।