Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


काठमाडौँका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ


1.5k
Shares

काठमाडाैं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा काठमाडौँ उपत्यकाका १९ सार्वजनिक स्थानमा अब निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध हुने भएको छ।

मन्त्रालयका अनुसार यसअघि सेवा सञ्चालन भइरहेका स्थानमा मर्मत, गुणस्तर सुधार र क्षमता विस्तार गरिएको छ भने आठ स्थानमा नयाँ वाइफाइ जडान गरिएको छ।

नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ सेवा सुरु गरिएको हो। साथै, ठूलोभर्‍याङ र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा क्षमता विस्तार भइरहेको छ।

नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीको सहकार्यमा सेवा विस्तार गरिएको हो। वीर अस्पताल, शिक्षण अस्पताल, टेकु, पाटन लगायतका स्थानमा इन्टरनेटको ब्याण्डविथ १० एमबिपिएसबाट बढाएर १५० एमबिपिएस गरिएको छ।

मन्त्री खरेलले पदभार ग्रहणपछि दुई महिनाभित्र उपत्यकामा निःशुल्क वाइफाइ विस्तार गर्ने निर्णय गरेका थिए। मन्त्रालयले उपत्यका बाहिरका १० सहरमा पनि यस्तो सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ।

Skip This