Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


माओवादी केन्द्रद्वारा पार्टी एकता प्रस्ताव अनुमोदन

एकतापछिको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ हुने

390
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसहितका विभिन्न ८ राजनीतिक दलसँग पार्टी एकता गर्ने सचिवालय बैठकको प्रस्ताव अनुमोदन गरेको छ।

काठमाडाैंमा बुधबार बसेको पार्टीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले साेही प्रस्ताव अनुमोदन गरेको पार्टी नेता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार एकतापछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी हुने भएको छ। उहाँले पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्सवाद लेनिनवाद हुने तथा कार्यक्रम नेपाली विषेशताको वैज्ञानिक समाजवाद हुने पनि बताउनुभयो ।

नेता सापकोटाले तत्कालिक कार्यनीति पूँजीवादी, जनवादी क्रान्तिका उपलब्धीहरुको रक्षा, राष्ट्रिय स्वाधिनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने पनि दावी गर्नुभएकाे छ।

नेता सापकोटाले पार्टीले एतापछि गर्ने आन्दोलन शान्तिपूर्ण रहने तथा परिस्थितिअनुसार सडक, सदन र सरकार लगायत सबै मोर्चाहरु आन्दोलनको मोर्चा हुने बताउनुभयो । उहाँले पार्टी एकता राष्ट्रिय सम्मेलन बुधबार काठमाडौंमा आयोजना गरिने पनि बताउनुभएकाे छ।

साेही सम्मेलनबाट पार्टी एकता, पार्टीको घोषणापत्र, अन्तरिम विधान पारित र केन्द्रीय समिति गठन लगायतको कामहरु गरिने उहाँकाे भनाइ थियाे ।