Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


दोलखामा हिम-पहिरोमा परी २ नेपालीसहित ३ जनाको मृत्यु, ८ बेपत्ता


1.3k
Shares

काठमाडौं । दोलखाकाे रोल्वालिङ उपत्यकास्थित यलुङ रि-हिमालमा गएको हिम-पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ।

साेही हिम-पहिरोमा परी ८ जना बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय दाेलखाले जनाएकाे हाे। नेपाली गाइडसहित साेमबार बिहान सोही हिमाल आरोहण गर्न १५ जनाको टोली नाँ गाउँबाट निस्किएको थियो। साेमबार बिहान साढे १० बजे हिम-पहिरो गएको थियो ।

प्रहरी मृत्यु हुनेमा एक विदेशी र २ जना नेपाली नागरिक रहेकाे बताएकाे छ। प्रतिकूल मौसमका कारण हेलिकाेप्टर जान नसकेको प्रहरीले बताएकाे हाे। साेही स्थानमा उद्धारका लागि नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

रोल्वालिङ हिमक्षेत्रको यलुङ बेस क्याम्प भन्दा माथिको भेगमा साेही घटना भएको प्रहरीले बताएकाे हाे।