Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक बढुवा


2.8k
Shares

काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा भएका छन् ।

बढुवा समितिको सिफारिसका आधारमा उनीहरूलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गरिएको हो । गृह मन्त्रालयका अनुसार भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल र अवि नारायण काफ्लेलाई डीआईजीमा बढुवा गरिएको छ।

गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा केही दिन अघि बसेको बढुवा समितिले उनीहरूको नाम सिफारिस गरेको थियो ।