Logo १६ कार्तिक २०८२, आइतबार | Sun Nov 2 2025


पत्रकार लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासको लोकार्पण

पुस्तकको आम्दानी प्राविधिक कलेज निर्माणमा खर्च गरिंने

0
Shares

काठमाडौं । पत्रकार, लेखक तथा समाजवादी चिन्तक फणिन्द्र लामिछानेद्वारा लिखित ‘गाउँ आएको मोटरबाटो’ नामक उपन्यासको लोकार्पण गरिएको छ।

काठमाडाैंमा आइतबार होटल होलिडे रिजेन्शीमा एक कार्यक्रमकाबीच साेही उपन्यासको लोकार्पण गरिएकाे हाे । पुस्तक लोकापर्णमा मणि लोहनीले लेखक लामिछानेलाई शुभकामना दिंदै स्थानीय पुर्नजागरणको कथामा देशमै गर्न सकिने सम्भावनाहरुलाई पुस्तकले उजागर गरेको बताउनुभयाे । उहाँले भन्नुभयाे,-‘थाहा छैन लेखकले देखेको सम्भावनाहरू पूरा हुन्छ कि हुँदैन, नेपाली समाज कार्यान्वयनमा त्यति सहज छैन । तर यो पुस्तकले ति सम्भावनाहरुलाई बोलेको छ । मलाई यो किताब किन मन परेको छ भने अहिले जहाँ गएपनि नेपाललाई गाली गर्ने, यो देशमा केही भएन भन्ने, निरासा व्यक्त गर्ने मान्छेको भीड व्याप्त छ। हरेक दिन मान्छे विदेश गइरहेको छन् । यस्तो समयमा देशभित्रै केही छ, देशमै केही गर्नुपर्छ र गर्न सकिन्छ भन्ने जुन किसिमको सम्भावनामाथि लेखकले विश्वास गर्नुभएको छ यो किताबमा यो चाहीं पढ्न पाइन्छ।’

गाउँ आएको मोटरबाटोले गाउँ फर्कनुपर्छ भन्ने आभास दिलाउने नेपाल सरकारका अधिकृत जीवन आलेले बनाउनुभयो। उहाँले भन्नुभयाे,-‘लेखकलाई मैले अत्यन्तै उत्साही, सहासी, अरूको भन्दा अलि भिन्न सोच राख्ने र अलि पृथक दृष्टिकोण राख्ने व्यक्तिको रुपमा चिन्छु । उहाँले उठाइरहने गरेको कर रहित अर्थतन्त्रको कुरा गर्नुपर्दा अहिले स्टन्टको लागि सस्तो लोकप्रियताको लागि करारहित भनिरहेका छौं तर करविना अर्थतन्त्र चलाएमान हुन सक्छ कि सक्दैन, भन्न त सजिलो होला तर कसरी गर्ने भन्न सक्छौं कि सक्दैनौं भन्ने कुरा हो । मैले यही विषयमा २-४ घण्टा उहाँसँग बसेर कुरा गर्दा उहाको पृथक दृतिकोणले म झल्याँस्स भए। उहाँको दृष्टिकोणले हामीले सोच्न सकेका रहेन्छौं । पुस्तकको कुरा गर्दा चाहीं हामीले सिङ्गो नेपाललाई नै गाउँ भन्नुपर्ने समय आएकाे छ । नेपाल फर्कनुपर्ने, सहरमा रहनुपर्ने, सहरमा भन्दा पनि गाउँमै रहनुपर्ने यो खालको एउटा समय आएको छ । विदेशमा गएर पढेर फेरी आफ्नै देश र आफ्नै गाउँ आउनुपर्ने भन्ने एउटा सकारात्मक सन्देश यो उपन्यास मार्फत दिनुभएको छ ।
साेही कार्यक्रममा अन्य अतिथिहरुले समेत लेखक लामिछानेलाई शुभकामना सन्देश दिएका थिए। ई.दिपक कुमार साहले परिवर्तनलाई आत्मसाथ गर्ने यो पुस्तकले केही महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएकाे छ। त्यस्तै, लेखक लामिछानेले स्थानीय स्तरमा पुर्नजागरणको कथा बोकेको उपन्यासले युवाहरुलाई गाउँ फर्किएर विकासमा लाग्न प्रेरित गर्न खोजेको जानकारी गराउनुभयाे।पुस्तान्तरण नै रोकिएका गाउँहरुमा पुर्नजागरणसहित विकास र समृद्धिको कुरालाई आत्मसाथ गर्न पुस्तकले प्रेरित गरेको छ।

साेही पुस्तक बिक्रीबाट प्राप्त हुने आम्दानी ग्रामीण क्षेत्रमा विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान दिने उदेश्यले प्राविधिक कलेज स्थापनामा खर्च गरिने आयोजक चक्रपाणी लामिछाने प्रतिष्ठानले जनाएकाे हाे।