Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


जेनजी युवा र माओवादी केन्द्रको धारणा साझा भएकाे नेता सापकोटाकाे दावी


156
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले जेनजी युवा पुस्ता र आफ्नो पार्टीबीच साझा धारणा रहेको दावी गर्नुभएको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा आइतबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा यस्ताे दावी गर्नुभएकाे हाे। उहाँले जेनजीले उठाएका माग आफूहरुले यस अघि नै उठाएको माग भएको जिकिर गर्दै उनीहरुसँग आफ्नो पार्टीको सोच, विचार र धारणा समेत साझा रहेको बताउनुभयाे ।

नेता सापकोटाले जेनजी पुस्ताको मागसँग आफूहरु सकारात्मक रहेको कुरा राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि आफूहरुले गर्दै आएको स्मरण समेत गराउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएको सबै माग जायज रहेको समेत बताउनुभयो।

नेता सापकोटाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने कुरालाई आफूहरुले सकारात्मक रुपमा लिएको पनि बताउनुभएकाे छ।