काठमाडाैं ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह फेरि एकपटक विवादमा तानिएका छन्।
शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका र नेपालका प्रमुख राजनीतिक दलहरूको नाम उल्लेख गर्दै आलोचनात्मक अभिव्यक्ति दिएका थिए।
पोस्ट सार्वजनिक भएको केही मिनेटमै त्यसले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया र आलोचना निम्त्यायो। करिब आधा घण्टापछि उनले स्टाटस हटाए पनि त्यसअघि नै स्क्रिनसट भाइरल भइसकेको थियो। हाल सामाजिक सञ्जालमा बालेनको अभिव्यक्तिबारे व्यापक बहस चलिरहेको छ। धेरैले मेयरको वक्तव्यलाई असंवेदनशील र कूटनीतिक मर्यादाविपरीत बताएका छन् भने केहीले त्यसलाई हास्यात्मक वा प्रतीकात्मक रुपमा लिएका छन्। विज्ञहरूका अनुसार छिमेकी मुलुकहरूमाथि यसरी सार्वजनिक रुपमा प्रहार गर्नु कुनैपनि मुलुकको हितमा नहुने चेतावनी दिएका छन्।





प्रतिक्रिया दिनुहोस्