काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदी-बहिनी तथा दाजु-भाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएकाे छ।
निवर्तमान भइसक्दा पनि उहाँको सामाजिक सञ्जाल फेसबुकमा भने अझै ‘पिएम सुशीला कार्की’ नै उल्लेख भएपछि आलोचना भइरहेको हाे । उहाँको सचिवालयले फेसबुक अद्यावधिक नगर्दा कार्कीले आलोचना खेप्नु परेको छ । यो फेसबुक उहाँले प्रधानमन्त्री हुँदा सञ्चालनमा ल्याउनुभएकाे थियाे।
निवर्तमान प्रधानमन्त्री कार्कीले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गर्नुभएकाे छ ।










प्रतिक्रिया दिनुहोस्