Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


जनार्दन शर्माले अराजक व्यवहार देखाएः संयाेजक दाहाल

शर्माको शैली राम्रो नभएको टिप्पणी

1.4k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप लगाउनुभएको छ।

पार्टी मुख्यालयमा शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठक राम्रो किसिमले चलिरहेको तर आफ्ना कुरा राखेर शर्मा अराजक शैली देखाउँदै निस्किनुभएको बताउनुभएकाे छ । उहाँले शर्माको उक्त शैली राम्रो नभएको टिप्पणी गर्नुभयो।

शर्मा सचिवालय बैठक छोडेर बीचमै निस्किनुभएको थियो । उहाँले माओवादी केन्द्रले छोड्न लागेकोप्रति आपत्ति जनाउँदै नेकपा एकीकृत समाजावदीसँग पार्टी एकता हुन नहुने धारणा राख्नुभएको छ।

संयाेजक दाहालले केन्द्रीय कमिटी बैठकसम्म शर्मा पनि एक हुने बताउँदै माओवादी केन्द्र एकजुट रहेको दावी गर्नुभयो ।