काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे छ।
दुबईमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे हाे। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पारेकाे छ। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाएका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिएका थिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९ दशमलव ५ ओभरमा २ सय ७१ रनमा अलआउट भयो। दीपेन्द्र सिंह ऐरिले ७५, करण केसीले ४९, कुशल भुर्तेलले ४७ र भीम सार्कीले ४३ रन योगदान दिएका थिए।अमेरिकाका हरमित सिंहले ३ विकेट लिए भने सौरभ नेत्रावल्कर र नोस्टुस ले समान २–२ विकेट झारेका थिए।
नेपालले अब आफ्नो चौथो खेल बुधबार यूएईविरुद्ध खेल्ने भएकाे छ।




प्रतिक्रिया दिनुहोस्