एजेन्सी । दक्षिणी भारतकाे एक मन्दिरमा भागदौड मच्चिदा ९ जनाको मृत्यु भएको छ।
आन्ध्र प्रदेशको कासिबुग्गाको वेंकटेश्वर रहेकाे एक मन्दिरमा शनिबार भागदौड मच्चिंदा उनीहरुकाे मृत्यु भएकाे आन्ध्र प्रदेशका गभर्नरले बताएका हुन् । गभर्नरले मन्दिरमा भक्तहरूको भीड-भाडको बीचमा भागदौड हुँदा ९ जना तीर्थयात्रीको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भाग दौडमा आफ्ना प्रियजनहरू गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूकाे शीघ्र स्वास्थ्यलाभको लागि कामना गर्नुभएकाे छ। यस अघि गत सेप्टेम्बरमा तमिलनाडु राज्यमा लोकप्रिय अभिनेता-राजनीतिज्ञ विजयको चुनावी र्यालीमा भागदौडमा परी ३६ जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया दिनुहोस्