Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


एमालेले राम्रोसँग ढोका खोले पुरानाे घरमा फर्किन आपत्ति छैन: झलनाथ खनाल


2.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरूले सिंगै हुनको लागि अलग भएको बताउनुभएकाे छ।

पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि आफूनिकटको भेलामा शनिबार सहभागी हुन पुगेका खनालले आफूहरू अब पार्टी गठनको प्रक्रियामा अघि बढ्ने बताउनुभएकाे हाे। कम्युनिस्ट आन्दोलनलाई व्यापक एकतामा पुर्‍याउनको लागि छलफल हुने उहाँकाे भनाइ छ।

नेकपा एमाले अध्यक्ष केपी ओलीले घर फर्क भन्दै गरेको आह्वानकाे बारेमा उहाँले ‘घर फर्क भनेर मात्रै हुँदैन, ढोका राम्रोसँग खोल्नुपर्‍यो र बस्ने ठाउँ राम्रो बनाउनुभयो भने फर्किन केही आपत्ति नभएकाे बताउनुभयाे ।