Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


हरिबोधनी एकादशी: भगवान विष्णु नारायणको पूजा आराधना गरेर मनाइँदै


182
Shares

काठमाडाैं । हरिबोधनी एकादशी शनिबार भगवान विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ।

हरिबोधनी एकादशीमा तुलसीको दामोदरसँग विवाह गरिन्छ । शनिबार काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथ मन्दिर लगायतमा विशेष मेला लागेको छ। हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म ४ महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।