Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


माओवादी केन्द्र र नेसपासँग पार्टी एकता गर्ने समाजवादीको निर्णय

सम्मानित खनाल र महासचिव भुसालसहितका नेता एकताको विपक्षमा

4.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गर्दै सम्पन्न भएकाे छ।

बुधबारदेखि शुरु भएकाे साेही बैठकले शुक्रबार माओवादी केन्द्रसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो । बैठकमा अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको निर्णय सुनाउनुभयाे। उहाँको प्रस्तावलाई हलले ताली बजाएर अनुमोदन गरेको छ।

बैठकमा अध्यक्ष नेपालले थप गृहकार्य सचिवालय बैठकले गर्ने पनि जानकारी गराएकाे नेता नन्द बञ्जाडेले बताउनुभयाे। तर, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, नेताहरू विजय पौडेल र रामकुमारी झाँक्रीसहितका केही नेताहरू भने एकताको विपक्षमा उभिएका छन् ।