Logo १२ कार्तिक २०८२, बुधबार | Wed Oct 29 2025


नेपाली महिला टोलीले आज भारतसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दै


1.5k
Shares

काठमाडाैं । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले बुधबार भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ।

साेही खेल भारतको सिक्किमस्थित पाल्जाेर रंगशालामा बुधबार साँझ ५ बजेदेखि शुरु हुने भएकाे हाे। सिलोङमा इरानसहितको त्रिदेशीय महिला फुटबल प्रतियोगिता सकाएपछि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । त्रिदेशीय प्रतियोगिताको खेलमा नेपालले भारतलाई २–१ गाेलले पराजित गरेकाेथियो । तर इरानसँग हारेको नेपालले उपाधि जित्न भने सकेको थिएन ।

नेपाल बुधबार भारतविरुद्धको खेलमा आफ्नो जीतको लयलाई निरन्तरता दिन चाहन्छ । भारत पनि आफ्नै मैदानमा दुई दिनअघि नेपालसँग भोगेको हारको बदला लिने तयारीमा छ । आजको खेलका लागि नेपालकी कप्तान सावित्रा भण्डारी, गोलकिपर अञ्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रिति राई टोलीमा हुने छैनन् ।

यसैबीच नेपाली टोलीको व्यवस्थापनलाई लिएर अखिल नेपाल फुटबल संघ (एन्फा)माथि प्रश्न उठेको छ । भारत भ्रमणमा टोलीले पर्याप्त आराम गर्न नपाएको र भोक-भोकै यात्रा गर्न बाध्य भएको जस्ता कारण देखाउँदै फुटबल खेलाडी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हाे ।