Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


प्रधानमन्त्री कार्कीको अभिव्यक्तिले सरकार टिक्दैन कि भन्ने प्रश्न उठ्याे: अध्यक्ष नेपाल

निर्वाचनमा जानुको विकल्प छैन

624
Shares

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनमा जानुको विकल्प नरहेको बताउनुभएको छ।

काठमाडौंमा बुधबारदेखि शुरु भएको पार्टीकाे केन्द्रीय कमिटी बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले भने सरकार टिक्छ भन्ने कुरामा प्रश्न उठाएको टिप्पणी गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीको अभिव्यक्ति सुन्दा सरकार रहिरहन्छ वा रहँदैन भन्ने प्रश्न उठाएको अध्यक्ष नेपालको तर्क छ। उहाँले लोकतन्त्र, गणतन्त्र र मुलुकको हितमा केन्द्रित भएर वर्तमान सरकारलाई आफ्नो पार्टीको साथ रहने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । राम्रो परिणाम ल्याउने गरी निर्वाचनको तयारीमा आफूहरु लाग्नुपर्नेमा उहाँकाे जाेड छ।