काठमाडाैं । रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ।
कन्चन गाउँपालिका–५ फायरलाइनस्थित भित्री सडक मंगलबार राति बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी कार दुर्घटना हुँदा उनीहरुकाे मृत्यु भएकाे हाे। सैनामैना–८ बासगढीका ४५ वर्षीय खुम बहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
आचार्यको मंगलबार राति साँढे १२ बजे पिपरा अस्पतालमा उपचारका क्रममा र थापा र बिकको कपिलवस्तुस्थित पिपरा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएकाे हो । प्रहरीले मंगलबार राति करिब साँढे १० बजे गाडी अनियन्त्रित भएर सडक नजिकमा रहेको बाँझिको रुखमा ठोक्किंदै करिब ३ मिटर तल खसेको थियो। दुर्घटनामा गाडीमा सवार ४ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा गम्भीर घाइते भएका छन् । उनीहरूको लुम्बिनी सिटी अस्पताल बुटवल र मर सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । गाडीमा कूल ७ जना सवार रहेकाे प्रहरीले बताएकाे हाे।




प्रतिक्रिया दिनुहोस्