Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विपिन जोशीको शव भाेलि नेपालमा ल्याइने


715
Shares

काठमाडौं । हमासकाे आक्रमणमा परी इजरायलकाे गाजामा मृत्युभएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइने भएकाे छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विपिनको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याउन लागिएको हो। सोही विमान साेमबार दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्य तालिका रहेकाे छ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की , मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ। अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन सन् २०२३ अक्टाेबर ७ तारिखमा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए।

त्यसपछि विपिनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए।