Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


रास्वपाले सचिवालयमा साेबितासहित ४ जना नयाँ सदस्य थप्याे


5.8k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गर्दै ४ जना नयाँ सदस्य थपेको छ।

भर्चुअल रूपमा शनिबार बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्यमा मनोनित गरेकाे हाे। नयाँ नियुक्त भएका चारै नेता विघटित प्रतिनिधि सभाका सदस्य हुन् ।

रास्वपाको विधान अनुसार पार्टी सचिवालयमा अधिकतम २५ जना सदस्य रहन सक्ने प्रावधान छ। त्यसैको आधारमा सचिवालय विस्तार गरिएको रास्वपा स्रोतले जनाएको हाे। यसअघि रास्वपामा १० जना सचिवालय सदस्य मात्र थिए।

याँ ४ जना सदस्य थपिएपछि अहिले सचिवालयको संख्या १४ पुगेको हाे।