Logo १ कार्तिक २०८२, शनिबार | Sat Oct 18 2025


नोबेल पुरस्कार विजेता चेन निङ याङको निधन


338
Shares

एजेन्सी । नोबेल पुरस्कार विजेता एवं चिनियाँ विज्ञान प्रतिष्ठानका शिक्षाविद् प्रख्यात भौतिकशास्त्री चेन निङ याङको निधन भएको छ।

याङको शनिबार १ सय ३ वर्षको उमेरमा बेइजिङमा निधन भएकाे सिन्ह्वा विश्वविद्यालयले जनाएकाे हाे।याङको जन्म सन् १९२२ मा पूर्वी चीनको आन्हुई प्रान्तको हेफेईमा भएको थियो । सन् १९४० को दशकमा उहाँ शैक्षिक अध्ययन गर्न संयुक्त राज्य अमेरिका गए र पछि शिक्षण पदमा रहनुभएकाे थियाे।

उहाँलाई सन् १९५७ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गरिएको थियो। याङ र रोबर्ट मिल्सद्वारा प्रस्तुत गरिएको याङ-मिल्स गेज सिद्धान्त २० औं शताब्दीमा भौतिकशास्त्रको सबै भन्दा महत्त्वपूर्ण उपलब्धिहरू मध्ये एक हो ।

चीन फर्केको २० वर्ष भन्दा बढी समयदेखि याङले सिङ्घ्वा विश्वविद्यालयमा अध्यापन गर्दै प्रतिभाको विकास र भर्ती र अन्तर्राष्ट्रिय शैक्षिक आदान-प्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याएका छन् ।