Logo ३० आश्विन २०८२, बिहिबार | Thu Oct 16 2025


नेपाली फुटबल टोली एसियन कप खेलेर स्वदेश फर्कियो


13
Shares

काठमाडौं। एएफसी एसियन कप छनोट खेल्न भियतनाम पुगेको नेपाली राष्ट्रिय फुटबल टाेली स्वदेश फर्किएको छ ।

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।

तर, दुवै खेलमा नेपाल पराजित भएको थियो । पराजयसँगै नेपालको छनोट यात्रामा पूर्णविराम लागेको छ । नेपाल अंकविहीन अवस्थामा समूहको पुछारमा यथावत रहेकाे हाे ।

शीर्षस्थानमा रहेको मलेसियासँग १२ अंक रहेको छ । भियतनाम भने ९ अंकसहित दोस्रो स्थानमा रहेकाे हाे । लाओस ३ अंकका साथ तेस्रो स्थानमा रहेकाे छ ।