
जनकपुरधाम। मधेश प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ ।
मुख्यमन्त्री सोनललाई बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदीले एक समाराेहकाबीच शपथ ग्रहण गराउनुभएको हो । सोनलसँगै दुई जना विना विभागीय मन्त्रीले समेत शपथ ग्रहण गरेका छन्। जनमत पार्टीबाट महेश यादव र नेकपा एकीकृत समाजवादी पार्टीबाट कनिश पटेलले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।
सोनल बुधबार मधेशको चौथो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएको थियो। शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री सोनलले आफू यो पद रमाइलो गर्न नआएको प्रतिक्रिया दिनुभएकाे छ। उहाँले आफू मधेश प्रदेशका लागि र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत गर्नका लागि आफ्नो स्तरबाट हुनसक्ने प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोनलले आफू मन्त्री पदमा रहँदा समेत घण्टौं काम गर्ने व्यक्ति रहेकाले अब मुख्यमन्त्रीको रुपमा जिम्मेवारी थप बढेकाले सोही जिम्मेवारी बहन गर्ने बताउनुभयो । जेनजी आन्दोलनबाट युवाहरुले उठाउँदै आएका माग र जनमानसको अपेक्षा पूरा गर्न प्रयास गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्