Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


भारतमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु, दर्जनाैं घाइते


832
Shares

एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा २० जनाको मृत्युभएकाे छ।

साेही आगलागीमा परी मंगलबार दर्जनाैं घाइते भएकाे सरकारी अधिकारीहरूले बताएका हुन्। उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । साेही स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५ सय ४८ किलोमिटर पश्चिममा पर्दछ ।

अधिकारीहरूका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको समयमा पछाडिको भागबाट धुवा निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पूरै आगोमा परिणत भएकाे थियाे । अधिकांश यात्रुहरू बसमै फसेकाे समेत जनाइएकाे छ।

केही घाइतेहरूको अवस्था गम्भीर रहेको र यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको सरकारी अधिकारीले बताएका छन् । बसकोभित्र विद्युतीय सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान प्रहरीकाे बताएकाे हाे ।