Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


काेसी प्रदेशकाे एक दुई स्थानमा हल्का बर्षाकाे सम्भावना


91
Shares

काठमाडौं।
कोसी प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा आज हल्का वर्षाको सम्भावना छ । बाँकी देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

दिउँसो कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।