Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


रूकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल पुन होटलमा मृत फेला


1.9k
Shares

काठमाडाैं। रुकुमपश्चिमकाे सनराइज बोर्डिङ स्कुलका प्रिन्सिपल सुरेश पुन एक होटलमा मृत अवस्थामा फेला परेका छन्।

मुसिकोट नगरपालिका-५ बागबजारका सिस्नेमा रहेकाे साेही स्कुलका प्रिन्सिपल पुन मंगलबार काठमाडाैंकाे सुन्धारास्थित रोयल थकाली होटलमा पुन मृत अवस्थामा फेला परेका हुन्। मंगलबार बिहान नउठेपछि होटलका कर्मचारीले हेर्दा मृत अवस्थामा फेला परेपछि परिवारलाई जानकारी गराइएको प्रहरीले बताएको छ ।

उच्च रक्तचापका कारण स्वास्थ्य समस्या भोग्दै आएका पुनको निधन साेही कारणले भएको आशंका गरिएको छ । साेही घटनाकाे बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे हाे। रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिका–१० बाछिगाउँ निवासी पुन लामो समयदेखि रुकुम पश्चिममै बसेर शैक्षिक क्षेत्रमा क्रियाशील रहेका थिए ।

मृतक पुनका एक श्रीमती र २ छोरा र एक जना छोरी रहेकाे प्रहरीले बताएकाे छ।