Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


संसद विघटनकाे विरूद्धमा रिट लिएर सर्वोच्च नजाने एमालेकाे निर्णय


22.6k
Shares

काठमाडौं । नेकपा एमाले संसद विघटनविरुद्ध सर्वोच्च नजाने निर्णय गरेको छ।

यसअघि भक्तपुरकाे गुण्डुमा बसेको सचिवालय बैठकले संसद विघटनको विरोध गर्दै अदालत जाने निर्णय गरेको थियो। तर एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संस्थागत रुपमा पार्टी नै रिट लिएर सर्वोच्च नजाने निर्णय भएकाे बताउनुभयाे।

संसद विघटन र प्रधानमन्त्री सुशीला कार्की नियुक्ति संवैधानिक रुपमा नभएको भन्दै एमालेले प्रश्न उठाउँदै आएको छ।