Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


गुडिरहेकाे कारमा अचानक आगलागी, बालक घाइते


533
Shares

काठमाडाैं ।

उदयपुर इलामबाट काठमाडौं जाँदै गरेको बा ९ च ८६६८ नम्बरको कारमा सोमबार बिहान उदयपुरगढी गाउँपालिका–७ स्थित अधेरीमा अचानक आगलागी हुँदा एक बालक घाइते भएका छन्।

उदयपुरका डीएसपी केदारमान दोङका अनुसार कार पूर्णरूपमा जलेर नष्ट भएको छ भने कारमा सवार ७ वर्षीय आरोन सेनचुरी सामान्य घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल, उदयपुर लगिएको छ।

घाइते बालक आरोन, कार चालक ४२ वर्षीय प्रेमकुमार सेनचुरीका छोरा हुन्। चालक प्रेमकुमार, उनकी श्रीमती २७ वर्षीया अनिता सेनचुरी र अर्का छोरा १४ वर्षीय आयुष सेनचुरी भने सकुशल रहेका छन्।

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।