Logo १८ आश्विन २०८२, शनिबार | Sat Oct 4 2025


पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न सरकारको आग्रह


351
Shares

काठमाडौं । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ ।

मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका लागि संकलित रकम दुरुपयोग हुनबाट रोक्न र पारदर्शी तथा जवाफदेही ढङ्गले परिचालन गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर-१९६०१००१०२०७०००४ मा मात्र रकम जम्मा गर्न अनुरोध गरेको हो ।

सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपालको पवित्र मागसहित यहि भाद्र २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनका क्रममा भएकासहिद परिवारलाई राहत र घाइते व्यक्तिको उपचारका लागि स्वदेश तथा विदेशमा संकलित सहयोग रकम विभिन्न गैर-सरकारी संघ संस्थाहरूमा जम्मा भइरहेको मन्त्रालयले जनाएको छ ।