Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


आईसीसी पुरूष टी-२० विश्वकप छनोट खेल्ने क्रिकेटर सन्दीपसहित १५ सदस्यीय नेपाली टोलीको घोषणा


1.1k
Shares

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा गरेकाे छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को आयोजनामा आगामी बुधबारदेखि ओमानमा हुने साेही खेल विश्वकप– २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि १५ सदस्यीय टोली घोषणा गरिएकाे हाे । संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको ३ शृङ्खला खेल्न गएको १६ सदस्यीय टोलीका सदस्यमध्ये साहब आलम भने टोलीबाट बाहिरिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिएका हुन् ।

त्यसैगरी, टोलीमा सन्दीप लामिछानेलाई पनि समावेश गरिएको छ । यसअघि उनले वेस्ट इन्डिजसँगको सिरिजको पहिलो खेल शुरु हुनु करिब ४५ मिनेट अगाडि मैदानमा उत्रन अस्वीकार गरेका थिए । क्यानले उनलाई कारबाहीस्वरुप वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेको थियो ।

छनोट खेलका निम्ति चयन भएका अन्य खेलाडीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, सन्दीप लामिछाने, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल र आसिफ शेख रहेका छन् । त्यसैगरी आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा तथा सोमपाल कामीलाई टोलीमा समेटिएको हाे ।

प्रतियोगितामा भाग लिन नेपाली टोली ओमान पुगिसकेको क्यानले जनाएको छ ।