Logo २० आश्विन २०८२, सोमबार | Mon Oct 6 2025


नयाँ कुमारीकाे विधिवत रूपमा आसन ग्रहण (तस्बिरसहित)


819
Shares

काठमाडौं । स्थानीय इटुम्बहालकी साढे २ वर्षीया आर्यतारा शाक्यलाई विधिवत रूपमा जीवित देवी (कुमारी) का रूपमा स्थापित गरिएको छ ।

नवघोषित कुमारी शाक्यलाई मंगलबार मध्याह्नको शुभसाइतमा विधि विधानपूर्वक कुमारी घर प्रवेश गराई आसन ग्रहण गराइएको हो । विशेष बाजागाजासहित कुमारी घरमा विधिवत रूपमा आसन ग्रहण गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा यात्रा गराउने तयारी गरिएको छ ।

जीवित देवीका रूपमा पूजा-आजा गरिने कुमारीलाई महालक्ष्मीको प्रतीक मानिन्छ । कुमारी छनोटको विधिवत प्रक्रिया पूरा गरेपछि आर्यतारालाई नयाँ कुमारीका रूपमा चयन गरिएको हो । कुमारी छनोटका क्रममा गुठी संस्थान, पञ्चांग निर्णायक समिति र सरोकार भएका पक्षसँग सल्लाह तथा परामर्श गरिएको थियो । जसका लागि सरोकार भएका सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको थियो ।

नयाँ कुमारीलाई आसन ग्रहण गराएसँगै यसअघिकी कुमारीको पनि विधिवत रूपमा बिदाइ गरिएको हाे । कुमारी परम्परा तत्कालीन राजा जयप्रकाश मल्लले स्थापना गरेकाे जनायएकाे छ ।