
काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएसँगै काठमाडाैं उपत्यकाबाट गाउँ फर्किनेहरुको लर्को लागेको छ।
काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला र जडिबुटी लगायतका क्षेत्रमा मानिसहरु गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दशैंमा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ । दशैं नेपालीहरुको महान पर्व भएकाले पनि काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरु आफ्नो गाउँ फर्किरहेका छन् ।
केही सडक-खण्डहरुमा वर्षापछि आएको पहिरोका कारण अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका छन् । वीपी राजमार्ग हुँदै पूर्वको यात्रा गर्नेहरु गौशाला, कोटेश्वरमा भीड देख्न सकिन्छ । यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा गाउँ फर्किनका लागि सवारी व्यवस्थापनमा केही समस्या भएको यात्रुहरुको गुनासो छ ।
विगतका वर्षहरुमा अग्रिम टिकटको व्यवस्था हुँदा पहिलै टिकट काटेर राख्न मिल्ने र टिकट लिएको दिन आएर घर जान पाउने व्यवस्था रहेता पनि यस वर्ष अग्रिम टिकट काट्ने व्यवस्था नहुँदा तत्काल आएर गाडीको व्यवस्थापन गर्नु परिरहेको यात्रुहरुले बताएका हुन् ।
केही यात्रुहरुले रिजर्भमा गएका र केही पहिरोका कारण रोकिंदा बस नपाएको गुनासो समेत गरेका छन्
प्रतिक्रिया दिनुहोस्