Logo ११ आश्विन २०८२, शनिबार | Sat Sep 27 2025


नवरात्रको आज पाँचौ दिन, देवी स्कंदमाताको पूजा- आराधना गरिंदै


91
Shares

काठमाडाैं । नवरात्रको शनिबार पाँचौ दिन देवी स्कंदमाताको पूजा-आराधना गरिँदैछ ।

पहाडमा बसेर संसारका जीवहरूमा नवचेतना प्रदान गर्ने देवीको रूपमा स्कंदमातालाई आश्विन शुक्ल पञ्चमी अर्थात आजकै दिन पूजा तथा आराधना गरिने प्रचलन रहिआएको हाे । कमलको फूल आसन भएकी, सेतो वर्ण, स्कन्दकुमारकी आमा भएकीले उनलाई स्कन्दमाता भनिएको हो । कमल ओछ्याएर बस्ने भएकोले यी देवीलाई पद्मासना देवी पनि भनिन्छ ।

स्कन्दमाताको सेवा गर्नाले स्वामी कार्तिकेयको पनि उपासना गरे सरह फल प्राप्त हुने विश्वास छ । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएको कारण यी देवीको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने देवी भागवत पुराणमा उल्लेख गरिएको छ । स्कन्दमाता स्वरूपिणी देवीका ४ वटा हातहरू रहेका छन् ।

स्कन्दमाताको पूजा गर्नाले धार्मिक आस्था मात्र नभई मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र सामाजिक मूल्य मान्यतासँग निरन्तर संघर्ष गर्न आत्मबल प्राप्त हुन्छ भनी शास्त्रमा वर्णन गरिएको छ ।