Logo ८ आश्विन २०८२, बुधबार | Wed Sep 24 2025


नारायणगढ-मुग्लिङ सडक अनिश्चितकालका लागि अवरूद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


1.5k
Shares

काठमाडाैं । चितवनको इच्छाकामनास्थित तुइनखोला नजिक खसेको पहिरोले नारायणगढ-मुग्लिन सडक खण्ड अनिश्चितकालको लागि अवरुद्ध भएको छ ।

तुइनखोलामा बुधबार दिउँसो खसेको पहिरो निकै ठूलो भएको कारण उक्त सडकखण्ड अनिश्चित कालका लागि अवरुद्ध भएको हो । पहिरोेको कारण सडक सञ्चालनमा आउन अझै दुई-तीन लाग्नसक्ने सडक डिभिजन भरतपुरले जनाएकाे छ। सडक पूर्ण रुपमा नखुल्दासम्म वैकल्पिक मार्गको प्रयोग गर्न विभागले आग्रह गरेको हाे । बुधबार बिहान साढे ६ बजेदेखि पहिरो हटाउन चार वटा डोजर प्रयोग गरिएको भएपनि वर्षा भएपछि काम रोकिएको जनाइएको छ।

राजमार्ग अवरुद्ध हुँदा काठमाडौं र पोखराबाट नारायणगढतर्फ जाने तथा फर्कने सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका छन् । स्थानीय प्रशासनले चितवन–काठमाडौं आवत जावत गर्ने साना गाडीले चितवनको जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको हाे । त्यसैगरी धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभूवन राजपथको बाटोलाई पनि विकल्पको रुपमा प्रयोग गर्न भनेको छ ।

मकवापनुरको हेटौंडाबाट भैँसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर पनि साना सवारी साधनमा यात्रा गर्न सकिने स्थानीय प्रशासनले जनाएको हाे ।