
काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार बस्ने केन्द्रीय समिति बैठकका लागि एजेण्डा तय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकले बिहीबार बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेकाे हाे । अध्यक्ष पुष्पकमल दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा, प्रस्तावमाथि छलफल र विशेष महाधिवेशन सम्बन्धमा रहेको छ ।
त्यसैगरी आगामी फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण र जनपरिचालन तथा जनसम्बन्ध लगायत एजेण्डा रहेका हुन् । जेनजी आन्दाेलनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत ऐजेण्डामा समावेश गरिएको माओेवादी केन्द्रले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस्