
काठमाडौं । चितवनको नारायणगढ मुग्लिन-नारायणघाट सडक खण्डकाे तुइन खोला पुल नजिकै फेरि ठूलो पहिरो गएकाे छ ।
मंगलबार साँझ पहिरो गएसँगै सडक आवागमन दुईतर्फी रुपमा बन्द भएको हाे । निरन्तर रूपमा पहिरो झर्ने क्रम नरोकिंएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन भरतपुरले जनाएको छ । वैकल्पिक सडक प्रयोग गर्न आग्रह समेत गरिएको छ ।
यसअघि गत शुक्रबार पनि सोही ठाउँमा पहिरो गएको थियो ।
प्रतिक्रिया दिनुहोस्