Logo ७ आश्विन २०८२, मंगलबार | Tue Sep 23 2025


अवरूद्ध नागढुंगा-नारायणगढ मुग्लिन सडक दुई तर्फी रूपमा सञ्चालनमा


533
Shares

काठमाडौं । पहिराेका कारण अवरुद्ध नागढुंगा-नारायणगढ मुग्लिन सडकखण्ड दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि साेही सडक सञ्चालनमा आएकाे हाे । मंगलबार बिहान पाैने ६ बजे खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारी साधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।

करिब १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएकाे छ । ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको थियो ।