
काठमाडौं ।
साताको दोस्रो दिन सोमबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य तोलाको दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको जनाएको छ ।
आइतबार पनि सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।
चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । चाँदी प्रतितोला दुई हजार ६६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला दुई हजार ६२० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य एकैदिन तोलामा ४० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्