Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


मुग्लिन–नारायणगढ सडक एकतर्फी सञ्चालन


949
Shares

काठमाडौं । गएरातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडक आज बिहान ५ बजेदेखि यातायात एकतर्फी सञ्चालन भएको छ।

इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको थियो। पहिरोका कारण शुक्रबार साँझदेखि बन्द रहेको सडक आइतबार दिउँसो अबेर मात्र एकतर्फी सञ्चालनमा आएको हो।

सोमबार साँझ ८ बजे पुनः पहिरो खसेपछि राति नै पन्छाइएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए। सडकखण्डमा सवारीसाधनको धेरै चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर मात्र यात्रा गर्न प्रहरी निरीक्षक सिंहले अनुरोध गरे। दुई दिनदेखि सडकमा अलपत्र परेका यात्रु गन्तव्यमा जान थालेका छन्।

यो सडकमा दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन्। सडक दुईतर्फी सञ्चालन नहुँदासम्म यो सडक भएर यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।