Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


जेनजी युवाकाे आन्दोलनले देशमा नयाँ परिवर्तन ल्यायोः महान्यायाधिवक्ता भण्डारी


221
Shares

काठमाडौं । महान्यायाधिवक्ता सरिता भण्डारी बरालले जेनजी युवाकाे आन्दोलनले देशमा परिवर्तन ल्याएको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले जेजीहरुले बलिदानीका कारण परिवर्तन आएको बताउनुभएको हो । भ्रष्टाचार विरुद्ध आन्दोलनमा उत्रेका युवाहरुले गोली खानुपरेको उहाँको भनाइ छ । जेनजी पुस्ताले व्यक्तिगत स्वार्थका लागि नभएर देश र समाजमा सुशासन स्थापित होस् भन्ने उद्देश्यले आन्दोलन गरेको उहाँले बताउनुभयो।

आन्दोलनमा सहभागी युवाहरुले जागिर पाउन आफ्नो ‘मान्छे खोज्न नपरोस्’, योग्यताको कदर होस् र विदेशिनुपर्ने बाध्यता अन्त्य होस् भन्ने माग राखेको उहाँको भनाइ छ । उहाँले जेनजीहरुले आन्दोलन गरेपनि पदमा भने आफूहरु पुगेको बताउनुभयो । जेनजी पुस्तालाई पदमा पुग्न रहर नभएको पनि उहाँको दावी छ ।

महान्यायाधिवक्ता बरालले आन्दोलनका क्रममा जेनजीहरुले सार्वजानिक सम्पती नजलाएको पनि दावी गर्नुभयो । जेनजीहरुको सार्वजानिक सम्पत्तिमा क्षति गर्छन् भन्ने सोच्न समेत नसकिने उहाँको भनाइ छ । जेल ब्रेक भएपछि त्यहाँबाट भागेर आएका कैदीहरुले सरकारी वकिल कार्यलय र अदालतमा आक्रमण गरेको उहाँले दावी गर्नुभयो