Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


अवरूद्ध नारायणगढ-मुग्लिन सडक एकतर्फी रूपमा सुचारू


390
Shares

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडक-खण्ड एकतर्फी रुपमा सुचारु भएकाे छ ।

तुइन खोला नजिक खसेको पहिरोका कारण अवरुद्ध सडक आइतबार साँझदेखि एकतर्फी रुपमा सुचारु भएको हाे । आइतबार साँझ सडकबाट पहिरो पन्छाउने काम सकिएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गत शुक्रबार साँझ ६ बजेदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत पर्ने तुइन खोलामा गएको पहिरोले सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध भएपछि हजारौं यात्रुहरू अलपत्र परेका थिए ।

सडक एकतर्फी खुलेसँगै सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाइएको कार्यालयले जनाएकाे हाे ।